scheduleबिहिवार कार्तिक १३ गते, २०७७

वुल्भसमाथि सहज जीत निकाल्दै सिटीको प्रिमियर लिगमा विजयी सुरुवात

काठमाडौं, ६ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ । लिगमा विजयी सुरुवात गर्ने गर्ने क्रममा उसले वुल्भसलाई उसैको मैदानमा ३-१ ले हरायो ।

सिटीको जीतमा केभिन डि ब्रुइना फिल फोडेन र ग्याब्रियल जेससले एकएक गोल गरे । वुल्भसका राउल जिमेनेजले एक गोल फर्काए ।

सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन साइसले पेनाल्टी बक्समा डि ब्रुइनामाथि अनावश्यक ट्याकल गरेपछि प्राप्त पेनाल्टीमा डि ब्रुइना आफैंले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्टर्लिङको पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । पहिलो हाफ २ ० मा सकिएको थियो ।

दोस्रो हाफको ७८औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे । इन्ज्युरी समयको पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीलाई ३–१ को सहज जित दिलाए ।

जीतसँगै सिटीले ३ अंक बटुल्न सफल भएको छ । वुल्भसको पनि २ खेलबाट ३ अंक नै रहेको छ ।

राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १  ० ले पराजित गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay