scheduleबिहिवार कार्तिक १३ गते, २०७७

इटालियन ओपन टेनिसको उपाधि जोकोभिचलाई

काठमाडौं, ६ असोज । विश्‍व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

रोममा सोमबार राति भएको फाइनल खेलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् ।

सर्बियन जोकोभिचले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकाले । योसँगै जोकोभिचले पाँचौपटक इटालियन ओपनको उपाधि जितेका छन् ।

३६औं पटक मास्टर्स उपाधि जितेसँगै उनी यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् ।

उनले राफायल नाडालको कीर्तिमान तोडेका हुन् । नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay