scheduleबुधवार कार्तिक ५ गते, २०७७

नेकपा सचिवालय बैठक पेरिसडाँडाबाट पुनः बालुवाटार सर्‍यो

काठमाडौं, ६ असोज । सत्तारुढ नेकपाको सचिवालय बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । यसअघि पहिलोपटक पेरिसडाँडामा बसेको बैठक मंगलबार दिउँसो साढे १२ बजे बालुवाटारमा बस्न लागेको हो ।

यसअघि सोमबार पेरिसडाँडामा बोलाइएको बैठक स्थगित गरिएको थियो । आइतबार पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो ।

बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा नभएर बाँकी एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको छ । पेरिसडाँडा बैठकमा विषय प्रवेश गरेको महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय अहिले चर्चामा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay