scheduleबुधवार कार्तिक ५ गते, २०७७

सरकारका नाममा सर्वोच्चको परमादेश- कोरोनाको खर्च विवरण तत्काल सार्वजनिक गर

काठमाडौं, ६ असोज । कोरोना भाइरसको खर्च विवरण तत्काल सार्वजनिक गर्न सर्वाेच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।

अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, प्रतिभा उप्रेती, सन्तोष भण्डारी र कीर्तिनाथ शर्माले दायर गरेको रिटको सुनुवाइ गर्दै  आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले   यस्तो  आदेश जारी गरेको हो।

परमादेशमा भनिएको छ- ‘महामारी वा कुनै दैवीप्रकोप परेको अवस्थामा नागरिकले असल शासन र सरकारी निकायको उत्तरदायित्वका लागि खर्च विवरण सार्वजनिक गर्नु पर्ने दायित्व तीनै तहका सरकारले बहन गर्नुपर्ने हुन्छ ।’

‘एकीकृत रुपमा सूचना संकलन गर्ने र सार्वजनिक गर्ने प्रणाली विकास गरी कोही व्यक्तिले सूचना माग्न आएमा कानूनबमोजिमको प्रकृया पुर्‍याइ सूचना दिने व्यवस्था गर्नू गराउनू’ परमादेश उल्लेख छ  ।

सरकारले कोरोना रोकथाम तथा ब्यवस्थापन कार्यक्रमअन्तर्गत १० अर्ब रकम खर्च भएको  संसदमार्फत जानकारी गराएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay