scheduleआइतवार कार्तिक ९ गते, २०७७

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक

फाइल फोटो

काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा पनि मन्त्रिपरिषद् पुनगर्ठनसहितका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल थालेको थियो ।

आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसहितका विभिन्न एजेन्डामा छलफल भए पनि मन्त्रीको नाम भने टुंगो लागेको थिएन । मन्त्रीको नाममा थप छलफल गर्नुपर्ने भन्दै सोमबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

मन्त्रीको नामको विषयमा सोमबार अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल समेत भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay