scheduleसोमवार कार्तिक १० गते, २०७७

नेकपा सचिवालय बैठकः पार्टी एकता टुङ्ग्याउने कार्ययोजना ल्याउने जिम्मा नेतात्रयलाई

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

यसअघि आइतबार सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो । बैठकमा दुवै अध्यक्षले पूर्ण समय दिएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकले नेतात्रयले तयार बनाएको कार्ययोजना फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

अन्य एजेन्डाहरुमा यही २–३ भित्र बैठक बसेर छलफल र निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले मन्त्रिमण्डल पुनर्गठनका लागि मापदण्ड तयार गर्ने अपेक्षा गरिएको भएपनि आजको बैठकमा यसबारे कुनै छलफल नभएको स्पष्ट पारे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay