scheduleबिहिवार कार्तिक १३ गते, २०७७

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

नयाँ दिल्ली, ६ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उहाँका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ ।

उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन ।

गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएका थिए ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको थियो ।’

सो अवसरमा प्रधानमन्त्री मोदीले शुभकामनाका लागि श्रीलङ्काका दुवै नेताहरुलाई धन्यवाद दिएका थिए भने सम्वन्ध र सहकायलाई थप बलियो बनाउनका लागि आफ्नो तर्फबाट आवश्यक कदम चाल्ने र चासो राख्ने आश्वासन दिएका थिए ।

त्यही बेलाको कुराकानीका आधारमा अहिले भिडियो कुराकानी हुने तय भएको समाचार स्रोतले जनाएको छ । एएनआई

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay