scheduleबुधवार कार्तिक ५ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ६४७ कोरोना संक्रमित

काठमाडौं, ६ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २२२ महिला र ४२५ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५११ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ । काठमाडौंमा मात्र सक्रिय संक्रमितको संख्या ५००० नाघिसकेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १३५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay