scheduleसोमवार कार्तिक १० गते, २०७७

राप्रपा एकताः झण्डा गाई र चुनाव चिन्ह हलो राख्न सहमति

काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई पार्टीबीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । पशुपति शम्शेर ज.ब.रा.को अध्यक्षतामा मंगलबार बसेको बैठकले पार्टी एकीकरणसम्बन्धि आधार पत्रबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भएको एकीकरण निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो ।

एकीकृत पार्टीको विधान राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच भएको मिति २०७६ फागुन २४ को एकीकरणसम्बन्धि आधार पत्रबमोजिम पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने बैठकले निर्णय गरेको छ । त्यस्तै साविक राप्रपाको विधान एकीकृत पार्टीको अन्तरिम विधान हुने सहमतिअनुसार अगाडि बढ्ने बैठकमा सहमति बनेको छ ।

तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गर्दाको बखत पेश भएको विधान र प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन २०७४ मा पेश भएको राजनैतिक घोषणा पत्रलाई एकीकरणपश्चातको राष्ट्रिय प्रजातन्त्र पार्टीको अन्तरिम विधान र घोषणापत्र कायम गरी त्यसको जानकारी निर्वाचन आयोगमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले साविक राष्ट्रिय प्रजातन्त्र पार्टीको “गाई” अंकित रातो, पहेँलो र निलो रंगको झण्डा एकीकृत पार्टीको झण्डा बनाउने निर्णय गरेको छ । त्यस्तै पार्टीको चुनाव चिन्ह हलो कायम गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले पार्टीको एकता महाधिबेशन २०७८ बैशाख २५ देखि २८ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay