scheduleआइतवार कार्तिक ९ गते, २०७७

प्रधानमन्त्रीको निर्देशनमा ‘नयाँ क्षेत्रफल’सहितको पुस्तक वितरण रोकेका छौंः मन्त्री पोखरेल

काठमाडौं, ६ असोज । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री केपी ओलीको निर्देशन अनुसार पाठ्यपुस्तक वितरण रोकिएको स्पष्ट पारेका छन् ।

मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकमा नै प्रधानमन्त्री ओलीले पाठ्यपुस्तक वितरण रोक्न निर्देशन दिएको जानकारी दिएका हुन् ।

यससम्बन्धमा शिक्षामन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल गरेर रिर्पोट बुझाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए । यस बिषयमा चाँडै प्रधानमन्त्री ओलीसँग छलफल हुने र निष्कर्षमा पुगिने उहाले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण नगर्न निर्देशन दिएका कारण पुस्तक वितरण नभएको बुझिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay