scheduleआइतवार कार्तिक ९ गते, २०७७

काँग्रेस सभापतिको दाबीबाट पछि हट्दै रामचन्द्र !

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको आगामी फागुनमा हुने १४ औं महाधिवेशनमा सभापतिका प्रवल दावेदार मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा दावी नगर्ने संकेत गरेका छन् । आफ्ना निकटहरुसँग नेता पौडेलले अब पराजित हुनेगरी आफु सभापतिमा उम्मेद्वारी नदिने बताएका हुन् ।

नेता पौडेलले आफ्ना निकट भनिएका केहि साथीहरु नै व्यक्तिगत रुपमा अगाडि आउन थालेपछि आफु झस्किएको समेत गुनासो गरेका छन् । नेता पौडेलसँग भेट गर्न पुगेको एक टोलीसँग पौडेलले खुलेरै कुरा गरेका थिए । अब आफुलाई सभापति बन्‍न नदिन शेरबहादुरजी मात्रै होईन पार्टीभित्रका अन्य साथीहरु र पार्टीबाहिरको पनि ठूलै शक्ति लागिसकेको आरोप लगाए । तर, पार्टी भित्रको को–को लागे भन्दा पनि बाहिरको शक्ति चाहिँ अमेरिकी र युरोपियन शक्तितर्फ उनको संकेत थियो ।

करिब दुई घण्टाको छलफलमा नेता पौडेलले घुमाउरो पारामा महामन्त्री शशांक कोईराला, नेता प्रकाशमान सिंह, डा.रामशरण महत र युवा नेता प्रदिप पौडेलले आफुलाई साथ दिन आनाकानी गरेको पनि बताएका थिए । ‘पार्टीमा धेरै साथीहरु आकांक्षी हुनुहुन्छ । मैले दाबी गरिरहँदा उहाँहरु पनि सभापति भन्दै अगाडि आउन थालेपछि शेरबहादुरजीलाई नै पुनः सभापति बन्‍ने बाटो सहज हुने देखियो’, पौडेलले भने , ‘नेपाली काँग्रेस बनाउन प्रजातन्त्र र समाजवाद भन्‍ने काँग्रेस साथीहरु एक हुनुपर्ने हो तर यहाँ त कम्युनिष्टको जस्तो गुटैगुटमा हामी फस्यौं ।’

नेता पौडेले आफुले गुट होईन सिङ्गो काँग्रेसलाई फेरी देशको ठूलो पार्टी बनाउने र कम्युनिष्टले लथालिङ्ग पारेको राष्ट्रलाई सम्बृद्ध बनाएर बिपीको सोचअनुसारको पार्टी बनाउन चाहेको पनि बताए । आफुले चाहेर मात्रै पनि नहुने भन्दै नेता पौडेलले उपस्थित भएका नेतालाई  एकपटक आफ्नो ठाउँबाट पनि प्रयास गर्न आग्रह गरे  ।

शशांक, शेखर, प्रकाशमान, निधी र देउवासमक्ष पनि यो कुरा राख्‍न उनको सुझाव थियो । ‘यो गुटमा विभाजित भएर पार्टीभित्रै फुट्ने होईन, कम्युनिष्टविरुद्ध जुट्ने बेला हो’ उनले भने, ‘एक पटक देउवाजीले मलाई सभापतिमा मौका दिने हो भने काँग्रेसलाई ठूलो पार्टी बनाउने र आगामी चुनावपछिको प्रधानमन्त्री देउवाजीलाई नै बनाउने जिम्मा लिन म तयार छु ।’

आगामी फागुनमा हुने काँग्रेसको १४ औं महाधिवेशनमा पौडेल सभापतिका प्रवल दावेदार हुँदाहुँदै किन यसरी निरास भए भन्‍ने बुझ्‍न नसकेको सहभागी एक नेताले बताए । तर, पौडेलले सभापतिमा दाबीभन्दा पनि पार्टी बलियो बनाउनुपर्छ भन्‍ने सोच राखेकोमा खुशी लागेको भन्दै ती नेताले भने, ‘अब पनि काँग्रेस जनताको साथ छाडेर गुट उपगुटमै रमाउने हो भने जनताले अर्को चुनावमा पनि कम्युनिष्टलाई नै जिताईदिन सक्छन्, यो कुरा हामीले राम्रोसँग बुझ्‍न जरुरी छ ।’

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay