scheduleबुधवार कार्तिक १२ गते, २०७७

दोहा, रियाद र कुवेतमा असोज १५ बाट नियमित उडान    

काठमाडौं, ७ असोज । सरकारले केही खाडी मुलुकमा नियमित उडान सञ्चालन गर्ने भएको छ । अक्टोबर १ तारिख अर्थात यही असोज १५ गतेदेखि सरकारले कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको हो ।

 

यसअघि यी मुलुकहरुमा भदौ १६ गतेदेखि नै उडान सुरु भए पनि अन्तर्राष्ट्रिय उडानमा पीसीआर परीक्षण सहज नभएकाले ती मुलुकमा नियमित उडान सम्भव भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र सञ्चालनमा छन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो ।

मन्त्रालयका प्रवक्ता कमल भट्टराईका अनुसार यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिनेछ । उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत एक सय नौ वटा उडान हुने छन् ।

 

अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन् ।

 

कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay