scheduleबिहिवार कार्तिक १३ गते, २०७७

‘सत्यम’ लिएर आउँदै शंकर

काठमाडौं, ७ असोज । कोरोना महामारीबाट अत्यधिक प्रभावित क्षेत्रमा चलचित्र उद्योग पनि पर्छ । अन्य क्षेत्रमा लकडाउन हटे पनि फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायमै छ ।

यही अन्यौलताका बीच केही निर्माताहरुले नयाँ चलचित्र निमार्णको घोषणा गर्न सुरु गरेका छन् । यही बीचमा ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सत्यम’ को घोषणा गरिएको छ । छायांकन अनुमति पाएपछि फ्लोरमा जाने फिल्मलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । फिल्ममा श्याम मल्ल कार्यकारी निर्माताको रुपमा रहनेछन् ।

नवयूग सिनेमाको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्माता सापकोटा आफैंले लेखेका हुन् । उनलाई रामकुमार श्रेष्ठले लेखनमा सघाएका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने फिल्मको सह निर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । विदूर पाण्डे छायांकार रहने फिल्म ‘सत्यम’ का लागि कलाकार भने छनोट नभएको निर्देशक कार्कीले जानकारी दिए ।

उनका अनुसार, अहिले फिल्मको प्रि प्रोडक्सनको काम भइरहेको छ । ‘नेपाली समाजभित्र एक जना नायक हुन्छ । ‘सत्यम’ ले यस्तै एक नायकको कथा भन्नेछ,’ निर्देशक कार्कीले भने, ‘फिल्ममा नयाँ र पुराना दुवै कलाकारको अभिनय रहनेछ ।’

यो फिल्मपछि उनको पाइपलाइनमा ‘काँडेतार र आधा अंश’ छन् । उनी निर्देशित ‘जस्मिन’ भने प्रदर्शनको पखाईमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay