scheduleबुधवार कार्तिक १२ गते, २०७७

विश्वकै सय प्रभावशाली व्यक्तिको सूचिमा अटाए आयुष्मान

नयाँ दिल्ली, ७ असोज । बलिउड अभिनेता आयुष्मान खुराना विश्वकै सय प्रभावशाली व्यक्तिको सूचीमा अटाउन सफल भएका छन् । टाइम्स म्यागजिनद्वारा प्रकाशित सूचिमा उनी कलाकार विधाबाट सन २०२० का विश्वकै शक्तिशाली व्यक्तिको सूचिमा पर्न सफल भएका हुन् ।

समाचार थापा पाएसँगै उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साट्दै भनेका छन्, ‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले चलचित्रको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ ।’

उनले अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि चलचित्र त्यो तागत हो, जसले कुनै पनि मुद्दालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay