scheduleआइतवार कार्तिक ९ गते, २०७७

‘पाखे’ भनेको होइन, परिचालित तत्वहरुले दुष्प्रचार गरेः प्रेस सल्लाहकार थापा

काठमाडौं, ७ असोज । सत्तारुढ नेकपाका प्रचार विभाग उपप्रमुख तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही परिचालित तत्वहरुले आफूविरुद्ध भ्रम फैल्याउँदै दुष्प्रचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।

एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा थापाले कुलमान घिसिङका समर्थकबारे दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि उनले प्रतिक्रिया दिएका हुन् । उक्त अन्तर्वार्तामा थापाले कुलमान पनि मान्छे नै भएको र उनलाई भगवान भन्नेहरुले एकपाखे विश्लेषण गरेको अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिलाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलमानका समर्थकलाई थापाले पाखे भनेको भन्दै सामाजिक सञ्जालमा आपत्ति प्रकट गरिरहेका छन् ।

‘मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ,’ बुधबार दिउँसो एक ट्वीट सन्देशमार्फत् थापाले भनेका छन्, ‘एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay