scheduleबुधवार कार्तिक १२ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित, तीनजनाको मृत्यु

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २४१ महिला र ३९६ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण पुष्‍टि भएको छ ।

यस्तै काठमाडौंका एक महिला र एक पुरुष तथा ललितपुरका एक पुरुष गरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । उपत्यकाका ३ सहित कुल ७ जनाको मृत्यु भएसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ । काठमाडौंमा मात्र सक्रिय संक्रमितको संख्या ५००० नाघिसकेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ११७२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay