scheduleबुधवार कार्तिक १२ गते, २०७७

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट सातजनाको मृत्यु

काठमाडौं, ७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप सातजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि तीनजनाको ज्यान गएको छ ।

बुधबार ज्यान गुमाउनेमा एक महिला र ६ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यू हुनेको संख्या ४३६ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंकी ६८ वर्षीया महिला रहेकी छन् भने काठमाडौंकै १६ वर्षीय युवक तथा ललितपुरका ७४ वर्षीय पुरुष  छन् ।

त्यसैगरी झापाका ८६ वर्षीय सिरहाका ५० वर्षीय तथा बर्दियाका ३९ र ६४ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा  मङ्गलबार ११७२ जना कोरोना संक्रमित थपिँदा १८९३ जना निको भएर घर फर्किएका छन् ।

बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । अहिले सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् भने ४९ हजार ९५४ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay