scheduleसोमवार कार्तिक १० गते, २०७७

बाढीले विद्युत प्राधिकरणको जिप बगायो, दुईजनाको मृत्यू

कपिलवस्तु, ७ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा दुईजनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो बाणगङ्गा नगरपालिकाको वडा नं. ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ ।

मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका बिद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेका छन् । जिप भित्र विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना व्यक्ति समेत थिए ।

जिपमा ४ जना विद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण भाग्न सफल भएको जनाईएको छ ।

विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाँच्न सफल भएका थिए । घटना स्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परिचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay