scheduleआइतवार कार्तिक ९ गते, २०७७

चोटका कारण मिचेल मार्श आइपिएलबाट बाहिर

एजेन्सी, ७ असोज । अस्ट्रेलियाका स्टार अलराउन्डर मिचेल मार्शले यस संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी खेलहरु गुमाएका छन् । फ्रेन्चाइज टोली सनराइजर्स हैदराबादमा आबद्ध मार्श पहिलो खेलमै चोटग्रस्त भएका थिए ।

सोमबार रोयल च्यालेन्जर्स बैंगलोरविरद्धको खेलमा पाँचौ ओभर बलिङ गर्दा ‘फलो थ्रु’ का क्रममा चिप्लिएका मार्शको खुट्टाको एंकलमा समस्या देखिएको थियो । चार बल मात्र गर्न सकेका उनको ओभरको बाँकी दुई बल विजय शंकरले गरेका थिए ।

त्यसैगरी ब्याटिङमा पनि अन्तिम विकेटका रुपमा मैदानमा आएका उनी पहिलो बलमै आउट भएका थिए । यसअघि सन् २०१७ को संस्करणमा उनी राइजिङ पुनेबाट खेल्दा पनि चोटग्रस्त हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।

हालसालै सम्पन्‍न इंगल्यान्डविरुद्धको श्रृंखलामा पनि मार्शले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी धेरैजसो चोटकै कारण मैदानबाहिर रहँदै आएका छन् ।

यसैबीच मार्शले आइपिएल गुमाउने भएपछि हैदराबादले वेस्टइन्डिजका स्टार अलराउन्डर जेसन होल्डरलाई टोलीमा समेटेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay