scheduleसोमवार कार्तिक १० गते, २०७७

धोबीखोलाले बगाउँदा १ जना बेपत्ता

फाइल तस्वीर

काठमाडौं, ७ असोज । काठमाडौंमा बुधबार धोबीखोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

दोलखा घर भएका ६५ वर्षीय हरिबहादुर कार्कीलाई कालोपुल क्षेत्रबाट  बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

साँझतिर खबर आएपछि नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरिरहेको छ ।

कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई बेलुकासम्म फेला पार्न नसकिएको वृत्तले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay