scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

बार्सिलोनाका डिफेन्डर सेमेडो वुल्भ्समा आबद्ध

एजेन्सी, ७ असोज । पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडो स्पेनिस क्लब बार्सिलोनाबाट प्रिमियर लिग क्लब वुल्भरह्‍याम्पटन वन्डर्रसमा अनुबन्धित भएका छन् ।

वुल्भसले सेमेडोलाई अनुबन्ध गर्न ३७ मिलियन पाउण्ड खर्च गरेको हो । सिजनको सुरुवातमा वुल्भ्सका तत्कालीन डिफेन्डर म्याथिउ डोहर्टी १२ मिलियन पाउण्डमा टोटनहम गएपछि वुल्भ्सले सेमेडोलाई अनुबन्ध गरेको हो । सम्झौताअनुसार सेमेडो वुल्भ्समा २०२३ सम्म रहनेछन् ।

योसँगै वुल्भ्सको टोलीमा पोर्चुगिज खेलाडीको संख्या १० पुगेको छ । प्रशिक्षक नुनो एस्पिरितो सान्तो पनि पोर्चुगलका नै हुन् ।

२६ वर्षीय सेमेडोले बार्सिलोनाका लागि १ सय २४ खेल खेलेका थिए भने पोर्चुगलको राष्ट्रिय टोलीका लागि पनि १३ खेल खेलिसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay