scheduleमगलवार कार्तिक ४ गते, २०७७

मानिसहरू किन घुर्छन् ?

घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ । ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो । आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ । कारण थाहापाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए ।

पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन् । बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।

घुर्नुको कारण के हो ?

हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।

अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।

मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घाटी) भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्ति बढी घुर्छन ?

–नाकमा समस्या भएका व्यक्तिहरु

–तालुको समस्या भएका व्यक्तिहरु

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay