scheduleसोमवार कार्तिक ३ गते, २०७७

के तपाईको बच्चाको ओछ्यानमा पिसाब फेर्ने समस्या छ ? समाधानका लागि यसो गर्नुहोस्

केही बच्चाहरुको ओछ्यानमा पिसाब फेर्ने समस्या हुन्छ । तर, सामान्य उपचार गरेपछि यो समस्या हट्छ भन्नेबारे कमैलाई थाहा छ । या समस्याबाट मुक्त पाउन यस्ता उपायहरु अपनाउनुहोस् ।

अमलाः

दुई वटा अमला राम्रोसँग पिस्ने र यसमा एक चम्चा मह र एक चिम्टी बेसार मिसाई पेस्ट बनाई बच्चालाई हरेक दिन बिहान एक चम्चा खान दिएका पिसाब फेर्न रोकिन्छ ।

क्यानबेरी जुसः

पिसाव थैली र पिसाबमार्गको स्वास्थ्यका लागि क्यानबेरी जुस लाभदायक हुन्छ । बच्चालाई सुताउनुभन्दा एक घण्टा अघि एक कप ताजा क्यानबेरी जुस खुवाउनाले केही सातापछि ओछ्यानमा पिसाब फेर्ने समस्या हटेर जान्छ ।

ओखर र किसमिसः

बच्चालाई सुताउनुअघि दुई ओखर र पाँच वटा किसमिस खुवाउने गरेमा केही सातामै बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी सुध्रिदै जान्छ ।

दालचिनीः

ओछ्यानमा पिसाब फेर्ने बच्चाहरुको लागि दालचिनीको सेवन रामबाणसरह नै हो । दालचिनीको टुक्रा दिनमा एक पटक बच्चालाई चुस्न दिने वा दालचिनीको पाउडर छर्किएर खाजा खुवाउने गरेमा पिसाब फेर्ने बानी रोकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay