scheduleबिहिवार कार्तिक ६ गते, २०७७

यसरी फिर्ता गर्नुहोस् चोरी भएको मोबाइल

आजको जमानामा मोबाइल भनेको केवल कुराकानी गर्ने साधन मात्र नभएर कैयौं प्रकारका व्यक्तिगत तथ्यांकको भण्डारण यन्त्र पनि हो । जब मोबाइल हराउँछ वा चोरी हुन्छ, तपाईंले धेरै कुरा गुमाउनुहुन्छ, किनकी मोबाइलसँग धेरै कुराहरु जोडिएका हुन्छन् ।

जस्तो कि सम्पर्क नम्बर, फोटो, भिडियो, नोट, कार्य तालिका, इमेललगायत धेरै कुराहरु मोबाइलमा सुरक्षित हुन्छन् ।

तर मोबाइल हराएमा अहिले त्यसलाई फिर्ता गर्न सकिने सजिलो तरिकाहरु पनि छन् । यहाँ चोरिएको वा हराएको मोबाइल कसरी फिर्ता गर्ने ? केही तरिकाहरुबारे जानकारी दिने प्रयास गरिनेछ ।

आइएमईआइ

हरेक मोबाइलको आफ्नो आईएमईआई नम्बर हुन्छ । उक्त नम्बरलाई सुरक्षित राख्नुपर्दछ, ताकि भविष्यमा हराईहाल्यो भने यसैको मद्दतबाट मोबाइल फिर्ता गर्न सकियोस् । किनकी यो नम्बरबाट तपाईको हराएको मोबाइल ट्र्याक गर्न सकिन्छ ।

मोबाइल चेस लोकेशन ट्र्याकर
मोबाइल चेस लोकेशन ट्र्याकर यस्तो एप हो, जसको मद्दतबाट चोरिएको वा हराएको मोबाइललाई ट्र्याक गरेर सजिलैसँग फिर्ता गर्न सकिन्छ । यसको मद्दतबाट तपाईंका मोबाइल फोनमा अरु कसैले अरु नै नयाँ सिम प्रयोग गरेको छ भने त्यो नम्बर पनि पत्ता लगाउन सकिन्छ ।

अभास्ट
अभास्ट मोबाइल सेक्युरिटीको मद्दतबाट पनि हराएको मोबाइललाई ट्र्याक गर्न सकिन्छ । यो एप निशुल्क डाउनलोड गर्न सकिन्छ । यसबाट तपाईले आफ्नो मोबाइल ट्र्याक गर्ने मात्र होइन, आफ्नो हराएको मोबाइललाई नियन्त्रण समेत गर्न सक्नुहुन्छ । जब तपाईको मोबाइल हराउँछ, त्यसमा एउटा एसएमएस पठाएकै भरमा तपाईंले मोबाइल भएको स्थान पत्ता लगाउन सक्नुहुन्छ ।

थिफ ट्र्याकर
थिफ ट्र्याकर एप असाध्यै काम लाग्ने एप हो । जब तपाईको मोबाइल चोरी हुन्छ वा हराउँछ, यसले मोबाइल प्राप्त गर्ने वा चोरी गर्ने व्यक्तिको सूचना तपाईंलाई दिन्छ । तपाईको फोन चोरलाई वा मोबाइल पाउनेलाई चलाउनके मुस्किल हुन्छ र उसले तपाईंको फोनलाई गलत ढंगले प्रयोग गर्न पाउनेछैन । साथै यसमा एउटा विशेष फिचर हुन्छ, जसले आफ्नो मेलद्वारा फोटो खिचेर तपाईंलाई पठाउँछ, जसबाट तपाईं सजिलै मोबाइल भएको ठाउँसम्म पुग्न सक्नुहुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay