scheduleबिहिवार कार्तिक १३ गते, २०७७

आइपिएल २०२०: कोलकातालाई हराउँदै मुम्बईद्वारा पहिलो जीत दर्ता

काठमाडौं, ८ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता मुम्बई इन्डियन्सले जीत हात पारेको छ । प्रतियोगितामा दोस्रो खेल खेल्दै पहिलो जीतको खोजीमा रहेको मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गर्‍यो ।

मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा १४६ रन मात्र बनाउन सक्यो । उसका लागि प्‍याट कमिन्सले अन्त्यतिर ४ छक्काको मद्दतले ३३ रन बनाए पनि टिम पहिले नै खराब स्थितिमा रहेकाले पर्याप्त रहेन । त्यसैगरी दिनेश कार्तिकले ३० तथा नितिश रानाले २४ रन बनाए । कोलकातालाई कम रनमै समेट्न मुम्बईका ट्रेन्ट बोल्ट जेम्स प्याटिन्सन जसप्रीत बुमराह र राहुल चहरले २ २ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ८० रन बनाए भने सुर्यकुमार यादवले ४७ रनको योगदान दिए । कोलकाताका शिवम मावीले दुई विकेट लिए ।

जीतसँगै २ अंक बटुलेको मुम्बई अंकतािकाको शीर्ष स्थानमा रहन सफल भएको छ भने पराजित कोलकाता हाल पुछारमा रहँदै प्रतियोगिताको सुरुवात गरेको छ ।

आइपिएलअन्तर्गत बिहीबार बेलुका हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पञ्‍जाबको सामना गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay