scheduleआइतवार कार्तिक ९ गते, २०७७

दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका छौंः परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौँ, ८ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका सिलसिलामा न्युयोर्कमा बुधबार भएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको १९ औँ मन्त्रीस्तरीय बैठकलाई अप्रत्यक्षरुपमा काठमाडौँबाट सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुले स्वास्थ्य र आर्थिक सङ्कटको दोहोरो समस्याबाट आफूलाई जोगाउन सङ्घर्ष गरिरहेका बताए ।

उनले भूगोलको कठोरतामा जकडिएको भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको अर्थतन्त्रलाई मुक्ति दिलाएर रुपान्तरण गर्न कम्प्युटरका माध्यमबाट व्यापारिक कारोबार‘डिजिटल’ प्रविधि महत्वमा जोड दिए ।

मन्त्री ज्ञवालीले राष्ट्र सङ्घका महासचिवले भिएना कार्ययोजनाको द्रुत कार्यान्वयनका निम्ति अघि सार्नुभएको मार्गचित्रको स्वागत गर्दै भूपरिवेष्टित विकासोन्मुख राष्ट्र, तिनलाई पारवहन सुविधा उपलब्ध गराउने राष्ट्र, विकासका साझेदार, राष्ट्र सङ्घ र अन्य सरोकार पक्षबीच प्रभावकारी साझेदारी हुनुपर्ने बताए ।

मन्त्री ज्ञवालीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न नेपाललाई भूजडित राष्ट्रमा रुपान्तरण गर्ने दृष्टिकोणबारे अगाडि सारे । उनले भूपरिवेष्टित विकासोन्मुख देशलाई अहिलेको सङ्कटबाट पार लगाउन र भविष्यमा सबल बनाउन पूर्वानुमानयोग्य एवं विश्वसनीय पारवहन व्यवस्था, सम्पर्क सञ्जालका भौतिक पूर्वाधारका साथै फलदायी क्षमता बढाउन आवश्यक सहयोग हुनुपर्ने बताए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay