scheduleबिहिवार कार्तिक १३ गते, २०७७

ताप्लेजुङमा कोरोना संक्रमणको जोखिम बढ्‍यो

ताप्लेजुङ, ८ असोज । नेपालमा दिनानुदिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।

हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिँडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् ।

यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन । ‘यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम बढ्ने देखिन्छ’, स्थानीय बिबिहाङ वनेमले भने ।

दैनिक ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको संख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका तर अधिकांश मानिस स्वास्थ्य सतर्कताविना नै हिँडडुल गरिरहेका छन् । ‘अब अहिले सबैतिर खुलमखुल्ला छ, गाडी चलिरहेका छन्, स्कुल खुल्न थाले अब कति डराएर बस्नु, मास्क लगाउँदा उल्टै समस्या होला जस्तो हुन थाल्यो,’ मास्कविना नै बजार क्षेत्रमा हिँडिरहेका एक जना सर्वसाधारणले भने । ‘कोरोनाले खासै मरिदैन, लागि हाले दुई चार दिनमा निको भइहालिने रहेछ, यो भ्रम मात्रै हो,’ उनले भने ।

कार्यालयमा साबुन पानी राख्‍न छाडियो

यी सर्वसाधारणले मात्रै होइन केही सामाजिक दायित्व र जिम्मेवारीमा रहेका मानिसले समेत कोरोना केही होइन, के को मास्क र नो स्यानिटाइजर भन्ने गरेका छन् । यता केही दिन अघिसम्म सरकारी तथा गैरसकारी कार्यालयले कार्यालय परिसरमा साबुन पानी राख्‍ने गरे पनि अहिले छाडिएको छ ।

चाडबाड नजिकिएकाले र स्कुल कलेजसमेत बन्द नै रहेकाले राजधानीसहित तराईका क्षेत्रमा रहेका युवा विद्यार्थी घर फर्किन थालेका छन् । संक्रमण फैलिएका क्षेत्रबाट फटाफट मानिसहरु आउन थालेपछि थप जोखिम बढेको तर जोखिम व्यवस्थापनमा स्थानीय सरोकारवालाले समेत गम्भीरता नदेखाएको स्थानीयको आरोपसमेत छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay