scheduleबिहिवार कार्तिक ६ गते, २०७७

नारायणी नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन अनुरोध

फाइल तस्वीर

चितवन, ८ असोज । केही दिनयता देशैभर भइरहेको निरन्तर वर्षाका कारण विभिन्‍न नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेको छ । चितवनको नारायणी नदीमा पनि पानीको बहाव बढेर सतर्कता तह नाघेको छ ।

बाढी पुर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा नदीले सतर्कता तह पार गरेको छ ।

पुलतर्फ नारायणी नदीमा पानीको सहत ११.२३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ७.९ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह मानिन्छ । यहाँ पानीको सतह ८ मिटर पुगेमा खतराको तह पार गर्नेछ ।

पहाडी क्षेत्र तथा चितवनमा पनि निरन्तर वर्षा भइरहेकाले देवघाट क्षेत्रमा नदीले खतराको तह पार गर्ने देखिन्छ ।

निरन्तर वर्षासंगै बाढीको सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay