scheduleबुधवार कार्तिक १२ गते, २०७७

स्याङ्जाको वालिङमा पहिरोले घर भत्काउँदा एकको मृत्यु, आठजना पुरिए

स्याङ्जा, ८ असोज । स्याङ्जाको वालिङमा पहिरोले घर भत्काउँदा एकजनाको ज्यान गएको छ । आठजना पहिरोमा पुरिएर बेपत्ता छन् भने एकजनाको जीवितै उद्धार गरिएको छ ।

वालिङ नगरपालिका-१४ की माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको छ ।

अन्य आठजनालाई पनि निकाल्ने प्रयास भइरहेको तर घरमाथिबाट पहिरो खस्‍ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भएको छ ।

यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका-४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा स्थानीउ बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay