scheduleबिहिवार कार्तिक ६ गते, २०७७

अभिनेत्री श्वेता कोरोना संक्रमित, छायांकन प्रभावित

नयाँ दिल्ली, ८ असोज । चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् । हिन्दी टिभी जगतकी चर्चित तिवारीमा कोरोना संक्रमित भएसँगै ‘मेरे ड्याडकी दुल्हन’को छायांकन प्रभावित भएको छ ।

केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेन्टिनमा भएपछि उक्त शोको छायांकन रोकिएको थियो । बडोलाकी श्रीमति कोरोना संक्रमित भएकोले उनी क्वारेन्टिनमा बसेका हुन् ।

श्वेता संक्रमित भएसँगै थप समयका लागि छायांकन प्रभावित भएको हो । अहिले शोसँग जोडिएका सबैलाई सचेतना अपनाउन भनिएको छ ।

श्वेतामा संक्रमण देखिएपछि उनका पती अभिनव कोहली र छोरा रेयांश अर्को घरमा बसिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay