scheduleबुधवार कार्तिक १२ गते, २०७७

बिहीबार १४९७ कोरोना संक्रमित थपिँदा ४५७ जना निको, निको हुनेको संख्या ५० हजार नाघ्यो

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४९७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४५७ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

बिहीबारसम्म ६ हजार ५६५ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १८ हजार ४३७ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४४९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ५५ हजार ९२३ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay