scheduleबुधवार कार्तिक १२ गते, २०७७

बितेको २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ८ असोज । बितेको २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । विश्वभर ९ लाख ८२ हजार मानिसको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

विहीबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार बितेको २४ घण्टामा १४९७ जना कोरोना संक्रमित हुँदा ४५७ जना मात्र निको भएका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुनेदर ७२.७ रहेको छ । नेपालमा विहीबारसम्म संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । निको हुनेको संख्या ५० हजार ४११ पुग्दा सक्रिय संक्रमितको संख्या १८ हजार ८३७ रहेको छ ।

हाल आइसोलेसनमा १८ हजार ४३७ जना रहेका छन् भने क्वारेन्टिनमा ६ हजार ५६५ जना रहेका छन् । विहीबारसम्म ९ लाख ५५ हजार ९२३ पिसिआर परीक्षण भएको छ ।

death_Corona_6-8

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay