scheduleमगलवार कार्तिक ४ गते, २०७७

पत्रकारको सत्याग्रहलाई फोटोपत्रकार समूहको साथ

काठमाडौं, ८ असोज । नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिनदेखि जारी सत्याग्रहमा फोटो पत्रकार समूहले पनि ऐक्यवद्धता जनाएको छ ।

आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तररुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेकोले सत्याग्रहीको हौसला र संर्घषको लागि साथ दिन राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रीय कमिटिका सम्पूर्ण साथीहरु साथै संस्थाका पूर्व अध्यक्ष कविन्द्रमान साक्यको पनि ऐकेवद्धताका लागि उपस्थित रहेको महासचिव वन्तले जानकारी दिए ।

उक्त ऐक्यवद्धता कार्यक्रममा सम्पूर्ण फोटोपत्रकार साथीहरुको क्यामेरा डाउन पनि गरिएको थियो । सत्याग्रहप्रति ऐक्यवद्धता व्यक्त गर्दै समूहका महासचिव वन्तले श्रमजिवी पत्रकारहरुले एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प नरहेको बताए । उनले श्रमको मु्ल्य र हकहितकोे लागि दवाद दिन जुनसुुकै सर्घषका कार्यक्रमहरुमा एकताबद्ध भएर अगाडि बढ्नको लागि उक्त अभियानमा साथ दिन सबै तयार रहेको बताए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव धमेन्द्र कर्णको नेतृत्वमा २५ सदसीय ’सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समिति’ गठन गरेको छ । अन्नपूर्ण दैनिकबाट पीडित विकास कार्की सह-संयोजक रहेको सो संघर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका मिडिया हाउसहरुबाट निष्कासित पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन् ।

सो सत्याग्रह आन्दोलनको समग्र नेतृत्व गरिरहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पनि पत्रकारहरुको हकहितको लागि भोलिका दिनमा जस्तो सकै कदम चाल्न पत्रकार महासंघ दृढ रहेको बताए । उनले अब सबै मिडिया हाउसका पीडित पत्रकार कर्मचारी मिलेर समग्र आन्दोलन थालिने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay