scheduleबिहिवार कार्तिक १३ गते, २०७७

विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको ज्यान गयो

विराटनगर, ८ असोज । मोरङको विराटनगरमा रहेको पुरानो विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । जीर्ण अवस्थामा रहेको मिलको पर्खाल बिहीबार बिहान भत्किँदा विराटनगर महानगरपालिका- १५ की ५५ वर्षीय सम समेरुन निसाको मृत्यु भएको हो ।

निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्‍वाटरको उत्तरतर्फको पर्खाल भत्किएको थियो । पर्खाल नजिकै रहेको कलमा पानी लिन गएकी निसालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर थिचेको थियो ।

मोरङ प्रहरीका अनुसार वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो । विहान १० बजे घटनामा परेर गम्भीर घाइते भएकी ती महिलाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

वि. सं. १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स मुलुककै जेठो उद्योग हो । ६७ बिघा क्षेत्रफलमा फैलिएको मिल्स हाल बन्द अवस्थामा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay