scheduleबुधवार कार्तिक ५ गते, २०७७

भारतको बहुप्रतिष्ठीत वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला सर्‍यो

गोवा, ८ असोज । भारतमा हुने वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस वर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्नेगरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस वर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् ।आयोजकहरुको आधिकारीक ट्वीटर हेन्डलमार्फत् कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो । उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस बर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष गर्न नसकिने भएको छ । यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।’

विगत पाँच दशकदेखि हुदै आएको भारतको बहुप्रतिष्ठीत वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay