scheduleबिहिवार कार्तिक १३ गते, २०७७

कपिलवस्तुकी कोरोना संक्रमितको बुटवलमा मृत्यु

रुपन्देही, ८ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको वाणगङ्गा-११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

अस्पतालका अनुसार मृतक महिलामा दम, मिर्गौला र रगतमा खराबी थियो । असोज ३ गते अस्पताल आएकी ती महिलाको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरी राखिएको थियो।

स्थिति जटिल बनेपछि बिहीबार बिहान भेन्टिलेटरमा सारिएकोमा साँझ साढे ५ बजे मृत्यु भएको हो ।

आजै बिहान कपिलवस्तु र नवलपरासीका दुई जना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay