scheduleसोमवार कार्तिक १० गते, २०७७

राहुलको सिजनको पहिलो शतकसँगै पञ्जाबद्वारा बैंग्लोरलाई २०७ रनको लक्ष्य प्रस्तुत

नयाँ दिल्ली, ८ असोज । आईपीएलको १३औं सिजनको छैटौं खेलमा किंग्स इलेवन पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरको बीच दुबईमा खेल जारी छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ३ विकेट गुमाउँदै २०६ रन जोडेको छ । कप्तान लोकेश राहुलले आईपीएलको यो सिजनको पहिलो शतक बनाएका छन् । उनले १३२ रनको पारी खेले ।

यो लिगमा कुनै पनि भारतीय ब्याट्सम्यानले बनाएको यो सबैभन्दा उच्च स्कोर हो । बैंग्लोरका लागि शिवम दुवेले २ र युजवेन्द्र चहले १ विकेट लिए ।

पञ्जाबका कप्तान राहुल र मयंक अग्रवालले आफ्नो टिमको लागि शानदार सुरुवात दिलाए । उनीहरुले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे । मयंक २० बलमा २६ रन बनाएर युजवेन्द्र चहलको बलमा बोल्ड भए ।

राहुलले आईपीएलमा आफ्नो २ हजार रन पूरा गरेका छन् । यस्तो गर्ने उनी २०औं भारतीय ब्याट्स्म्यान हुन् ।

पञ्जाबका कप्तान लोकेश राहुलले प्लेइङ इलेवनमा विदेशी खेलाडी निकोलस पूरन, ग्लेन म्याक्सवेल, जिमी निशम र शेल्डन कोटरेललाई मौका दिए । क्रिश गेयल भने बेञ्चमै रहे । गेल लगातार दुई खेलमा बेञ्चमा रहे ।

विराट कोहलीले आरसिबीमा विदेशी खेलाडीहरु एरोन फिञ्च, एबी डिभिलियर्स, जोश फिलिप र डेल स्टेनलाई सहभागी गराएका छन् । बैंगलोरको टिममा कुनै परिवर्तन गरिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay