scheduleबिहिवार कार्तिक १३ गते, २०७७

युवतीसँग यी पाँच कुरा चाहन्छन् नवजवानहरु

२० वर्षको उमेर युवकहरुको ‘गोल्डेन एज’ हो । अल्लारे ‘टिन एज’बाट पार पाइसकेपछि २० वर्षको लाग्दा उनीहरु आफूलाई परिपक्व सोच्न थाल्छन् । स्कूल लेभलको पढाइ पूर्णरुपमा सकिसक्ने भएकाले पारिवारिक नियन्त्रणबाट पनि मुक्त हुने समय हो, यो ।

थोरै पैसा पनि कमाउन थाल्छन्, अनि उनीहरुको दुनियालाई हेर्ने नजर पनि बदलिन्छ । तब उनीहरु आफ्ना जीन्दगीका हरेक पललाई स्पेशल बनाउने प्रयासमा लाग्छन् ।

न त कसैसँग पैसा माग्ने जरुरत्, न त पढाइको बोझ । तब स्वभाविक रुपमा उनीहरुको ध्यान युवतीहरुतर्फ बढि केन्द्रित हुनथाल्छ ।

यहाँ हामीले यस्ता पाँच चिज उल्लेख गरेका छौं, जुन कुरा हरेक २० वर्षे ठिटोले केटीहरुबाट अपेक्षा गर्छन् ।

 

धेरैभन्दा धेरै केटीसँग मस्ती:

२० वर्षको लागेपछि युवकहरु आफैंमा एक प्रकारको आत्मविश्वास पैदा हुन्छ । उनीहरु टिन एजबाट बाहिर आइसकेका हुन्छन्, काफी परिपक्व भइसकेको महसुस पनि उनीहरुलाई हुन्छ । त्यसैले यस्तो उमेरमा उनीहरु चाहन्छन्, ‘धेरैभन्दा धेरै केटीसँग मस्ती गरौं ।’

कुनै एक युवतीसँग रिलेशन सुरु गर्नुभन्दा पनि धेरैभन्दा धेरैसँग मस्ति गर्ने सोच प्रायमा पाइन्छ ।

 

सेक्सपनि हुन्छ प्राथमिकता:

शारीरिक बदलावका हिसाबले पनि यो निकै महत्वपूर्ण उमेर हो । युवकहरुले यो अवधिमा हर्मोनल बदलाव ममहसूर गर्छन् । यस्तो अवस्थामा उनीहरु नयाँ अनुभवका लागि काफी एक्साइटेड हुन्छन् । तर यो कुरामा केही हदसम्म व्यक्तिगत सोच र पारिवारिक नियन्त्रणले पनि प्रभाव पार्छ । तर, सेक्स २० वर्षे ठिटो प्राथमिकतामा पर्ने एउटा महत्वपूर्ण कुरा हो ।

 

बाचा गर्नबाट डराउँछन्:

२० वर्षको उमेरमा युवकहरु सकेकसम्म कुनै बाचामा बाँधिन र कसम खानबाट बच्ने कोशिश गर्छन् । भर्खरै त स्वतन्त्र भइएको छ, कुनै बाचा-कसमले बन्धनमा त परिन्न, भन्ने डर उनीहरुलाई हुन्छ । उनीहरु लभ त गर्छन्, तर हत्तपती कसम खाँदैनन्, बाचाबन्धनमा बाँधिदैनन् । तर, परिस्थितिले यसमा पनि केही फरक पार्नसक्छ ।

 

सुन्दरतामा खुबै ध्यान दिन्छन्:

हरेक २० वर्षे ठिटो टिपटप बनेर हिँड्न खोच्छन् । सुन्दरतामा उनीहरुको काफी चासो हुन्छ । साथै आकर्षक देखिने युवतीहरुसँग घुम्ने र मस्ति गर्ने कुरापनि उनीहरुको निकै प्राथमिकता पर्छ । राम्री केटीसँग घुम्दा गर्व महसुस गर्छन् ।

 

केटीहरुको भिडमा एक्लै घुम्ने लालसा:

यो उमेरमा युवकहरु कुनै एक केटीसँग घुमिरहन भन्दा धेरै केटीहरुको बीचमा घुम्न खुबै रुचाउँछन् । केटीहरुको बीचमा घुमघाम गर्ने कुराले उनीहरु काफी रोमाञ्चित हुन्छन् । तर, कुनै केटीले तिम्रो परिवारसँग भेटाउ भन्यो भने उनीहरुलाई कत्ति पनि मन पर्दैन ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay