scheduleमगलवार कार्तिक ४ गते, २०७७

आइपिएल क्रिकेट: बैंगलोरलाई नमीठो हार चखाउँदै पञ्जाबद्वारा पहिलो जीत दर्ता

काठमाडौं, ९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा किङ्स इलाभेन पञ्जाबले शानदार जीत हात पारेको छ । पहिलो खेलमा झिनो अन्तरले सुपर ओभरमा पराजित भएको पञ्जाबले दोस्रो खेलमा जीत निकाल्ने क्रममा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनको विशाल अन्तरले हरायो ।

पञ्‍जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १०९ रनमै समेटिएको थियो । पञ्जाबका बलरसामू बैंगलोरका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । वासिङटन सुन्दरले ३० रन बनाउँदा एबि डिभिलियर्सले २८ तथा ऐरन फिन्चले २० रन बनाए । पञ्जाबका रवि बिश्नोई र मुरुगन आश्विनले ३-३ विकेट लिँदा शेल्डन कट्रेलले २ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०६ रन बनाएको थियो । उसका लागि कप्तान एवम् ओपनर केएल राहुलले अविजित १३२ रनको शतकीय पारी खेलेका थिए । त्यसैगरी मयंक अगरवालले २६ तथा निकोलस पूरनले १७ रन बनाएका थिए । पञ्जाबले अन्तिम ३ ओभरमा ६० रन जोडेको थियो । बैंहलोरका शिवम दुबेले २ र युजुभेन्द्र चहलले १ विकेट लिए ।

जीतसँगै २ अंक बटुलेको पञ्जाब अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ भने पराजित बैंगलोर २ अंकसहित नेट रनरेटका आधारमा छैटौं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay