scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

यूइएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जित्यो

काठमाडौं, ९ असोज । यूइएफए सुपर कपको उपाधि जर्मन क्लब बायर्न म्युनिखले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई २-१ ले हराउँदै बायर्नले उपाधि जितेको हो ।

१-० ले पछि परेको अवस्था उल्टाएर जितेको खेलमा बायर्नले अग्रता लिन भने अतिरिक्त समयसम्म कुर्नुपरेको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो । बायर्नलाई जिताउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे ।

सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि प्राप्त पेनाल्टीमा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा बायर्नले खेललाई १–१ गोलको बराबरीमा ल्यायो । थोमस मुलरको क्रसमा रोबर्ट लेवान्डोस्कीको ब्याकपासमा गोरेट्जकाले गोल गरे । ५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

त्यसपछि पनि दुवै टोलीले गोलको सुवर्ण अवसरहरु खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०४औं मिनेटमा जेभियर मार्टिनेजले हेडरमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसकदा बायर्न च्याम्पियन बन्‍न सफल भयो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay