scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

काराबाओ कपमा लिभरपुलको फराकिलो जीत

काठमाडौं, ९ असोज । इंग्लिस फुटबल लिग कप अर्थात् काराबाओ कप अन्तर्गत गएराति सम्पन्‍न खेलमा लिभरपुलले शानदार जीत हात पारेको छ । चौथो चरणमा प्रवेश गर्ने क्रममा लिभरपुलले लिंकन सिटीलाई उसैको मैदानमा ७-२ को फराकिलो अन्तरले हरायो ।

लिभरपुललाई जिताउन ताकुमी मिनामिनो र कर्टिस जोन्सले दुई-दुई गोल गरे भने जेर्डन शाकिरी कार्को ग्रुजिक र डिभक ओरिगीले एक-एक गोल गरे । लिंकन सिटीका लागि टायो इडुन र लेविस मोन्ट्माले एकएक गोल गरे ।

लिभरपुलले खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको थियो । १८औं मिनेटमा मिनामिनोले अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाए । ३६औं मिनेटमा कर्टिसले नै व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा नै ४–० को फराकिलो अग्रता लिएको थियो ।

दोस्रो हाफका शुरुमै मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ६०औं मिनेटमा लिंकनका तायो इडुनले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए ।

६५औं मिनेटमा मार्काे ग्रुजिकले गोल गर्दै लिभरपुललाई ६–१ ले अघि बढाए । ६७औं मिनेटमा लेविसले गोल गरेपछि खेल ६–२ को अवस्थामा पुगेको थियो । ८९औं मिनेटमा डिभोक ओरिगीले गोल गदै लिभरपुललाई ७–२ को सानदार जित दिलाए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay