scheduleमगलवार कार्तिक ४ गते, २०७७

भिसाबारे नयाँ प्रस्ताव जारी गर्दै ट्रम्प प्रशासन, यी हुन् नयाँ प्रस्तावका विशेषताहरु

काठमाडौं, ९ असोज । अमेरिकाले छिट्टै भिसासम्बन्धी नयाँ लागू गर्ने तयारी गरेको छ । डोनाल्ड ट्रम्प प्रशासनले यसका लागि नयाँ प्रस्ताव तयार गरिरहेको छ । विद्यार्थी, अनुसन्धानकर्ता र पत्रकारका लागि भिसा क्याटेगोरीमा समय सीमा पनि तोक्ने प्रस्ताव तयार हुँदैछ ।

सजिलो भाषामा भन्दा नयाँ भिसा जारी गर्ने समयमा नै कसलाई कति दिनको प्रवेशाज्ञा अनुमति दिने भन्नेबारे निर्णय हुनेछ । विभिन्न समाचार संस्थाहरुले प्रकाशन गरेको खबरका अनुसार नयाँ प्रवेशाज्ञा प्रस्तावमा राष्ट्रिय सुरक्षाको मुद्दालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

नयाँ प्रस्तावमा कुनै विशेष देशलाई छुट्टै नियम त छैन तर चिनियाँ नागरिकका लागि भने विशेष ध्यान दिनेगरी प्रस्ताव तयार हुने बताइएको छ ।

नयाँ भिसा प्रस्तावमा अहिले तीन शिर्षकलाई समावेश गरिएको छ । विद्यार्थी (एफ), पत्रकार (जे) र अनुसन्धानदाता (आर) । भिसाका लागि निवेदन दिँदा आवेदकले आफू कति दिन अमेरिका रहन चाहेको हो, खुलाउनुपर्नेछ । यसपछि सम्बन्धित विभागले उक्त आवेदनमाथि विचार गर्नेछ ।

प्रवेशाज्ञाका लागि निवेदन दिनेले पहिलाको तुलनामा धेरै विस्तारित रुपमा आफ्नो जानकारी दिनुपर्नेछ । प्रस्तावका अनुसार, यी तीन क्याटेगोरीका भिसा चार वर्षभन्दा बढीका लागि जारी गरिनेछैन ।

यी सबै नयाँ प्रावधानहरुको अन्तर्यमा भने अमेरिकी सरकार प्रवेशाज्ञा नियम र अध्यागमन नीतिलाई सुधार गर्न चाहन्छ । यसले प्रवेशाज्ञालाई गलत ढंगले दुरुपयोग गर्नेहरुलाई चिन्न सजिलो हुने विश्वास उनीहरुको छ ।

अमेरिकाले शंकाको घेरामा राखेका देशका नागरिकलाई यो नियमअनुसार केवल दुई वर्ष मात्रैको भिसा पनि दिनसकिन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay