scheduleमगलवार कार्तिक ४ गते, २०७७

२ करोड ३९ लाख मानिस कोरोना संक्रमणमुक्त, ९ लाख ८७ हजारको मृत्यू

काठमाडौं, ९ असोज विश्वभरिमा कोरोनाभाइरस सङक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ । शुक्रबार बिहान साढे ६ बजेसम्म कुल सङक्रमितको संख्या ३ करोड २४ लाख नाघेको छ ।

सङक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ७४२ जनाको मृत्यु भइसकेको छ । कुल सङक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७४ लाख ९७ हजार ५५६ रहेको छ । जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३४ हजार २ सय १८ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय घड जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

सङक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल सङक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ । त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay