स्वयम्सेवकलाई कोरोना संक्रमित गराउन बेलायतमा ‘च्यालेन्ज ट्रायल’ सुरु गरिने
लण्डन, ९ असोज । कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्नका लागि स्वस्थ स्वयंसेवकहरूलाई कोरोनाभाइरसबाट सङ्क्रमित बनाउने पहिलो मुलुक यूके बन्न सक्ने बताइएको छ ।
‘च्यालेन्ज ट्रायल’ भनिने त्यस्तो किसिमको परीक्षण लन्डनमा सम्पन्न गरिने बीबीसीले लेखेको छ। त्यस्ता स्वयंसेवकलाई कोरोनाभाइरसबाट जानाजान सङ्क्रमित बनाएर सम्भावित खोपको प्रभावकारिता जाँच्न खोजिनेछ ।
यूके सरकारले ह्यूमन च्यालेन्ज स्टडीजमार्फत् खोप विकास गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ । तर हालसम्म कुनै पनि किसिमको सम्झौता भने गरी नसकिएको बीबीसीले खबर लेखेको छ ।