scheduleबुधवार कार्तिक १२ गते, २०७७

रहेनन् भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यम

एजेन्सी, ९ असोज । दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको  निधन भएको छ ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको  हो ।

७४ वर्षीय उनलाई अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

कोरोनासँग लामो समय जुधिरहेका उनलाई चेन्नईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। ५ अगस्टमा उनको कोरोना पोजिटिभ आए पनि १३ सेप्टेम्बरमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् । हिन्दी सिनेमामा भने उनले सन् १९८१ मा ‘एक दूजे के लिए’ चलचित्रका लागि पहिलो पटक गीत गाएका थिए ।

१५ डिसेम्बर सन् १९६६ मा उनले प्लेब्याक सिंगरका रुपमा तेलुगु फिल्म ‘श्री श्री श्री मर्यादा रामन्ना’बाट गायनमा डेब्यू गरेका उनको जन्म सन् १९४६, जुन ४ मा नेल्लौर, आन्ध्रप्रदेशमा भएको थियो।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay