scheduleबिहिवार कार्तिक १३ गते, २०७७

शुक्रबार १३१३ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या ७० हजार नाघ्‍यो

काठमाडौं, ९ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

शुक्रबारसम्म ६ हजार ४६४ जना क्‍वारेन्टाइनमा रहेका छन् भने १८ हजार २८९ जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २६२ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ६८ हजार १८५ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ ।

थप ६ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay