scheduleआइतवार कार्तिक ९ गते, २०७७

बुटवल कोरोना अस्पतालमा संक्रमितको मृत्यु

बुटवल, ९ असोज । यहाँस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका एक पुरुषको आज अपराह्न मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर आज नै कोरोना अस्पताल पुगेका बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको ३.४५ बजे मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरसहित सघन कक्षमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको जानकारी दिए ।

उनी लामो समयदेखि मिर्गौलाको रोगी रहेको जनाइएको छ । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay