scheduleबिहिवार कार्तिक १३ गते, २०७७

चेन्‍नईविरुद्ध टस हारेर दिल्ली ब्याटिङमा, सन्दीपले मौका पाएनन्

काठमाडौं, ९ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटअन्तर्गत शुक्रबार सातौं खेलमा चेन्‍नई सुपर किङ्स र दिल्ली क्यापिटल्स खेलिरहेका छन् ।

चेन्‍नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर बलिङको निर्णय लिएसँगै नेपाली युवा स्पिनर सन्दीप लामिछाने समेत आबद्ध टोली दिल्लीले पहिले ब्याटिङ गरिरहेको छ ।

यद्यपि पहिलो खेलमा मौका नपाएका सन्दीप दोस्रो खेलमा पनि बेन्चमा नै रहेका छन् । पहिलो खेल जितेको दिल्लीले दुई परिवर्तन गरेको छ, जसमा पहिलो खेलमा चोटिल भएका आर आश्‍विनको ठाउँमा अमित मिश्रा आएका छन् भने तीव्र गतिका बलर मोहित शर्माको ठाउँमा आवेश खानले मौका पाएका छन् ।

चेन्‍नईले पनि लुंगी एंगिडीको स्थानमा अस्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलवूडले मौका पाएका छन् ।

चेन्‍नईले २ खेल खेलेर एकमा हार व्यहोरेको छ भने दिल्लीले खेलेको एक खेलमा जीत हात पारेको थियो । चेन्‍नईले मुम्बईलाई हराउँदा राजस्थानसँग पराजित भएको थियो भने दिल्लीले रोमाञ्‍चक खेलमा पञ्‍जाबलाई सुपर ओभरमा हराएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay