scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

स्वास्थ्यकर्मी करणीको आरोप आगेका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि थुनामा

काठमाडौँ, ९ असोज । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । खड्कामाथि जबरजस्ती करणीको अभियोग लागेका थियो ।

जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले शुक्रबार उनलाई थुनामा राख्न आदेश दिएको हो । उनीमाथि गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीले आफूमाथि जबरजस्ती करणी गरेको जाहेरी दर्ता गराएकी थिइन् ।

खड्काकाविरुद्ध ३ वटा मुद्दा परेका थिए । दुई मुद्दामा भने धरौटी माग भएको छ । खड्काविरुद्ध धोवी बजार सडक तथा नाला निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई शरीर बन्धक बनाएको मुद्दामा २ लाख धरौटी माग भएको हो । त्यस्तै स्थानीय शेरबहादुर खड्काको जग्गा लेनदेनमा ठगी गरेको अभियोगमा ५० लाख धरौटी माग भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay