scheduleबुधवार कार्तिक १२ गते, २०७७

‘स्लो ओभर रेट’का कारण कोहलीलाई १९ लाख जरिवाना

एजेन्सी, ९ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फ्रेन्चाइज टोली रोयल च्यालेन्जर्स बैंगलोरका कप्‍तान विराट कोहलीलाई ठुलो रकम जरिवाना लागेको छ ।

बिहीबार भएको पञ्‍जाबविरुद्धको खेलमा स्लो ओभर रेटका (बलिङ इनिङ सकाउन समय लगाएका ) कारण उनलाई १२ लाख भारु अर्थात् १९ लाख नेपाली रुपैयाँ जरिवाना तिराइएको हो ।

उक्त खेलमा बैंगलोरले लज्जास्पद हार व्यहोरेको थियो । पञ्‍जाबले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १०९ रनमै समेटिँदा ९७ रनको हार व्यहोरेको थियो ।

खेलमा कोहली एक रनमै आउट भएका थिए । यसअघि पञ्‍जाबका कप्तान केएल राहुलले १३२ रनको उत्कृष्‍ट पारी खेलेका थिए । उनै राहुल ८३ र ८९ रनमा खेलिरहँदा कोहलीले नै दुईपटक उनको क्याच छोडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay